तेह्रथुममा जिप दुर्घटना हुँदा १४ जना घाइते

आइतबार, ०२ बैशाख २०८१
तेह्रथुम / मध्य पहाडी राजमार्गअन्तर्गत तेह्रथुमको आठराई गाउँपालिका–६ मा जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । आठराईदेखि फिदिम तर्ने माझीटार पुलनजिकै स १ ज २६१ नम्बरको जिप आइतबार बिहान साढे एघार बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनामा परेका घाइतेलाई जिल्ला प्रहरी कार्यालय पाँचथरबाट गएको प्रहरी टोलीले उद्धार गरी उपचारार्थ पाँचथर अस्पताल ल्याएको छ । घाइते १४ मध्ये २ जनाको अवस्था गम्भीर रहेको घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिए । तेह्रथुमको म्याङ्लुङदेखि तीर्थयात्राका लागि ताप्लेजुङमा अवस्थित पाथिभरा हिँडेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार