महानगरले परीक्षण गराएको जेस्ट ल्याबमै हुन सक्छ खराबी, वाइवाइको गुणस्तरमा छैन समस्या

शुक्रबार, १४ बैशाख २०८१
काठमाडौं-काठमाडौँ महानगरले वाइवाइका चाउचाउको गुणस्तर परीक्षण गराएको जेस्ट ल्याबमै खराबी भएको हुनसक्ने विज्ञहरूले जनाएका छन् । महानगरले परीक्षण गराएको ल्याबमा समस्या भएको हुनसक्ने र त्यसकै कारण चाउचाउमा एसिड भ्यालु पनि बढी देखिएको हुन सक्ने बताइएको छ । विश्व बजारमा लोकप्रिय बन्दै गइरहेको वाइवाइ चाउचाउको एउटा ब्याचमा महानगरले परीक्षण गराएको जेस्ट ल्याबमा एसिड भ्यालु बढी देखिएको हो। विश्वव्यापी निर्यात हुने नेपाली ब्रान्ड वाइवाइको गुणस्तरमाथि कुनै सम्झौता नभएको चौधरी ग्रुपले स्पष्ट पारिसकेको छ । साथै सिजीले उपभोक्ताको स्वास्थ्यमा कुनै सम्झौता नहुने जनाएको छ । वाइवाइको नेपाल उत्पादन प्रमुख खड्ग पौडेलले चाउचाउको गुणस्तरमा समस्या नभएको बताए । हाम्रो एउटा ब्याचको उत्पादनमा महानगरको परीक्षणमा जुन रिपोर्ट आएको छ, त्यो हुनै सक्दैन, उनले भने हामीले गुणस्तरमा कुनै पनि सम्झौता गरेका छैनौँ । कहिलेकाहीँ ल्याबमा समस्या हुँदा गलत रिपोर्ट देखिन सक्छ । अत्याधुनिक प्रयोगशालामा उत्पादन हुने वाइवाइ विश्वका करिब ७० देशमा निर्यात हुने गरेको छ । वाइवाइको चाउचाउको गुणस्तर निश्चित गराउन हरेक इकाईमा बलियो तीन तह गुणस्तर निगरानी प्रणाली र राम्रोसँग सुसज्जित प्रयोगशाला रहेको छ भने युनिट ल्याब, सुपर ल्याब र आरएनडी ल्याबहरू अत्याधुनिक छन् । उत्कृष्ट र योग्य खाद्य प्राविधिकहरू उत्पादनको गुणस्तर सुनिश्चित गर्न दिन रात काम गरिरहेको वाइवाइ उत्पादक कम्पनीले जनाएको छ । गुणस्तरमा समस्या नहोस् भन्नका लागि सिजीले ६-६ महिनामा बजारबाट म्याद गुज्रेका उत्पादन भेटिएमा त्यसको संकलन गर्ने गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार