अण्डाभित्र लागूऔषध लुकाएर ल्याउने दुई पक्राउ

शुक्रबार, ०५ फागुन २०७९
  झापामा कुखुराको अण्डाभित्र लागुपदार्थ ल्याउदै गरेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।नेपाल भारत सिमानाको मेची पुलबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।शंका लागेर प्रहरीले चेकजाँच गर्दा अण्डा खाली गरी प्लास्टिकमा पोको पारेको अवस्थामा लागूऔषध खैरो हिरोइनसहित उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ३ बस्ने ऐतराज इवा र प्रकाश खाती रहेका छन् । हातमा बोकिराखेको अण्डाको क्यारेटमा लुकाइराखेको लागुपदार्थसहित उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार