मोरङको सुन्दरहरैँचामा तास खेलिरहेका ७ जना पक्राउ

आइतबार, २३ बैशाख २०८१
इटहरी । तास खेलिरहेका ७ जनालाई प्रहरीले मोरङको सुन्दरहरैँचाबाट पक्राउ गरेको छ । सुन्दरहरैँचा नगरपालिका–१० खोर्सानेको प्रतिभा टोलका प्रेमबहादुर चौहानको २ तले पक्की घरको दोस्रो तलामा तास खेलिरहेको अवस्थामा शनिबार साँझ उनीहरु पक्राउ परेका हुन् । घरधनी ५९ वर्षीय प्रेमबहादुर चौहानसहित सुन्दरहरैँचा–१० का ४९ वर्षीय कुमार पुरी, ३६ वर्षीय हेमबहादुर थापा, ४८ वर्षीय ध्रुव अधिकारी, ५० वर्षीय यामकुमार प्रधान, सुन्दरहरैँचा–१२ का ३८ वर्षीय डम्बरराज बस्नेत र केराबारी गाउँपालिका–६ का ४३ वर्षीय रोविनकुमार घिमिरेलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार तास खेलिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको वरिष्ठ सइ प्रहरी वरिष्ठ नायव निरीक्षक शुभेन्द्रकुमार कर्ण नेतृत्वको टोलीले चौहानको घरमा छापा हानेको थियो । छापा हान्ने क्रममा तास खेलिरहेको भेटिएपछि ७ जनालाई पक्राउ गरिएको बस्नेतले बताए । पक्राउ परेकाहरुको सम्बन्धमा बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले अनुसन्धान सुरु गरेको छ । प्रहरीले तासको खालबाट ६८ हजार १ सय १५ रूपैयाँ नगद र चार बुङ (२ सय ८ पत्ती) तास बरामद गरेको छ । पक्राउ परेकाविरुद्ध कानुनी कारबाही अघि बढाउन आइतबार म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया सुरु गरिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार