सुनील पौडेललाई ९ वर्ष कैद र २३ करोड २७ लाख बढी जरिवाना

मंगलबार, २५ बैशाख २०८१
काठमाडौं - विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेललाई ९ वर्षको कैद सजाय सुनाएको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले पौडेललाई उक्त सजाय सुनाएको हो। पौडेलसँग २३ करोड २७ लाख ५८ हजार ७७ रूपैयाँ बिगो र जरिवाना असुलीको सजाय तोकिएको छ। गत वैशाख ७ गते विशेष अदालतले पौडेललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो। पेमेन्ट पेमेन्ट गेटवे प्रकरणमा गत वैशाख ७ गते सुनील दोषी ठहरिएका थिए। उनलाई अदालतले आज सजाय निर्धारण गरेको हो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार