विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । प्रदेशसभामा मुख्यमन्त्री कार्कीले ५७ मत प्राप्त गरे । उनकाे विपक्षमा मत परेन । ५ सांसद रहेकाे राप्रपा तटस्थ बस्याे । २९ सांसद रहेकाे नेपाली कांग्रेसले प्रक्रियामा सहभागीता जनाएन् । सरकार गठनकाे प्रक्रिया विरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वाेच्चमा रिट दायर गरेका थिए । उनले दायर गरेकाे रिटकाे पूर्ण सुनुवाइका लागि सर्वाेच्चले ९ जेठमा पेसी ताेकेकाे छ । कांग्रेसले ९ गतेपछि मात्रै विश्वासको मत लिन आग्रह गरेकाे थियाे । तर सत्तापक्ष तयार नभएपछि सभामुखलाई पत्र लेखेर नेपाली कांग्रेस बैठकमा अनुपस्थित रह्यो ।
मुख्यमन्त्री कार्कीलाई नेकपा एमालेका ४०, माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी)को ३, जसपाको १ जना सांसदले (गरी ५७ जना सांसदले) पक्षमा मत दिए । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ ।
२७ बैशाखमा संविधानको धारा १६८ (५) अनुसार मुख्यममन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका थिए । उनलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रक्रियाका विरुद्धमा निवर्तमान मुख्यमन्त्री केदार कार्कीले भने सर्वोच्च अदालतम मुद्दा दर्ता गराएका छन् । उक्त मुद्दाको अन्तिम सुनुवाईको मिति जेठ ९ गतेलाई तोकिएको छ ।
प्रदेशसभामा नेकपा एमालेका ४०, नेपाली काँग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाको सभामुखसहित ६, नेकपा (एकीकृत समाजवादी)को ४ र जसपा नेपालको १ जना सांसद छन् ।
प्रतिक्रिया