रास्वपाले फागुन २१ मा हुने निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिने

आइतबार, ०९ कार्तिक २०८२

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले फागुन २१ मा हुने निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिने भएको छ । 

आइतबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले मतदाता नामावली अद्यावधिक गराउन पार्टीको तर्फबाट अभियान नै चलाउने निर्णय गरेको रास्वपाका सदस्य गणेश पराजूलीले जानकारी दिए  । 

उनले बैठकमा कात्तिक २१ र २२ गते बस्ने केन्द्रीय समितिको विस्तारित भेलाको तयारी, मतदाता नामावली अद्यावधिक, समसामयिक राजनीतिको समीक्षा लगायत विषयमा छलफल भएको बताए ।

‘कात्तिकको २१ र २२ गतेको लागि तय भएको विस्तारित भेलामा प्रस्तुत गर्ने राजनीति प्रतिवेदन र र ती विषयहरुमा राख्न पर्ने कुराहरुका विषयमा पनि छलफल भएको छ । रास्वपा लोकतान्त्रिक पार्टी भएकाले सम्पूर्ण ध्यान निर्वाचन केन्द्रीय हुनेबारे छलफल भएको छ । निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म मतदाता नामावली अद्यावधिक गर्ने समय दिएकाले पार्टीको तर्फबाट नामावली दर्ताका लागि अभियान नै चलाउन जानुपर्नेमा जोड दिएको छ’, उनले भने ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार