पोखरेल प्यानलका पदाधिकारीहरु

सोमबार, २९ मंसिर २०८२
फाइल फोटो

काठमाडौँ :  नेकपा एमालेको ११ औं महाधिवेशन अन्तर्गत निर्वाचनका लागि ईश्वर पोखरेलको टिमबाट उम्मेदारी दिनेहरुमा वर्तमान अध्यक्ष केपी शर्मा ओली टिममा नअटाएकोहरु समेत समावेश गरिएको छ । ओली पक्षबाट उम्मेदवारी दिने तयारी गरेका रघुजी पन्त लगायतका केही नेताहरुलाई समावेश गरेर पोखरेल पक्षले चुनावी प्रतिस्पर्धाका लागि प्यानल वनाएको हो। 

 नयाँ नेतृत्व चयनका भोली हुने निर्वाचनमा पोखरेल प्यानलबाट उपाध्यक्षमा गोकर्ण विष्ट, परशुमेघी गुरुङ, विन्दा पाण्डे, अरुण नेपाल, रघुजी पन्त र टंक कार्कीलाई समेटिएको छ । त्यसमा एक जना बढी भएकाले पछि छलफल गरेर मिलाइने पोखरेल समूहका एक नेताले जानकारी दिए । यस्तै उपमहासचिवमा योगेश भट्टराई, आनन्द पोखरेल र बैजनाथ चौधरीको उम्मेदवारी रहेको छ भने महासचिवमा सुरेन्द्र पाण्डेले उम्मेदवारी दर्ता गरेका छन । 

यस्तै सचिवमा रचना खड्का , कर्ण थापा, गोकुल बास्कोटा , विनोद ढकाल , कृष्णगोपाल श्रेष्ठ, ठाकुर गैरे, इन्द्रलाल सापकोटा र पुरुषोत्तम पौडेलको उम्मेदवारी पोखरेल प्यानलबाट रहने छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार