काठमाडौँ : नयाँ नेतृत्व चयनका लागि हुने एमालेको निर्वाचनका लागि उम्मेदवारी दर्ताको लागि थप गरिएको समयमा उम्मेदवारी दर्ता गर्ने क्रम जारी रहेको छ । भोली मंगलवार हुने निर्वाचनका लागि मनोनयन दर्ताको समय आज साढे ३ बजे सम्म तोकिएकोमा उम्मेदवारी दर्ता हुने क्रम जारी रहेपछि साँझ ५ बजे सम्मका लागि सयम थपिएको थियो ।
उम्मेदवारीका लागि मनोनयन पत्र लगेकाहरुले बुझाउने कार्य थप गरिएको समयमा भई रहेको एमाले निर्वाचन कार्यालयले जनाएको छ । एमाले महाधिवेशन अन्तर्गतको निर्वाचन कार्यालयले उम्मेदवारहरुको प्रारम्भिक नामावली साँझ ६ बजे प्रशाशन गर्ने जनाएको छ । त्यसैगरी भोली मंगलवार अपराह्न १२ बजे देखि साँझ ६ बजे सम्म मतदानको समय तोकिएको समेत जनाइएको छ ।
प्रतिक्रिया