प्रदीप ज्ञवाली असन्तुष्टि जनाउदै महाधिवेशनस्थलबाट वाहिरिए

सोमबार, २९ मंसिर २०८२
फाइल फोटो

काठमाडौं ।  नेकपा एमालेको आगामी नेतृत्वका लागि मनोनयन दर्ता प्रकृया चलिरहेको समयमा महासचिवको दावेदारी गरिरहेको ओली पक्षिय नेता प्रदीप ज्ञवाली भने महाधिवेशन स्थलबाट बाहिरिएका छन । ओली पक्षबाट महासचिवको आकाँक्षा गरेका ज्ञवालीको नाम उपाध्यक्ष राखिएपछि उनी असन्तुष्टि जनाउदै महाधिवेशनस्थलबाट बाहिरिएका हुन् । 

यस अघि पनि उपाध्यक्ष रहेका ज्ञवालीले नयाँ नेतृत्वका लागि महासविचको आकाँक्षा गरेका थिए । तर ओली पक्षले वर्तमान महासचिव शंकर पोखरेललाई नै पुनः उम्मेदवार वनाउने भएपछि ज्ञवाली असन्तुष्ट बनेका हुन् । ज्ञवालीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएर महाधिवेशनस्थलबाट बाहिरिएको जनाइएको छ  । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार