काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् । महाधिवेशनको निर्वाचन कार्यालयमा समर्थक सहित अध्यक्ष पदका दुवै जना उम्मेदवार पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
भृकुटीमण्डपमा जारी एमालेको महाधिवेशन अन्तर्गतको केन्द्रीय निर्वाचन कार्यालयमा अपराह्न ३ बजे पुगेर पोखरेलले उम्मेदवारी दर्ता गराएका थिए भने ओलीले साडे ३ बजे आफनो उम्मेदवारी दर्ता गराएका थिए । युवा सहितको सहभागिता रहने गरी ३ सय १ जनाको केन्द्रीय कमिटिका लागि ओली र पोखरेलले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी प्रतिस्पर्धा गर्दै छन । हिजोबाट सुरु भएको एमालेको महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै समापन हुने छ ।
प्रतिक्रिया