सुनसरीबाट अवैध मकै, गहुँ र चिनी सहितको ट्रक नियन्त्रणमा

बुधबार, ०२ जेठ २०८१
काठमाडौँ । सुनसरी जिल्लाको कोशी गाउँपालिका - ८ स्थित तीनकुने सीमा ईलाकाबाट वैशाख २९ गते साँझ अवैध रूपमा ल्याइएको  मकै, गहुँ र चिनीसहित एउटा ट्रक नियन्त्रणमा लिइएको छ ।
प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुरले बीआर ५० जी ९०५७ नम्बरको ट्रकलाई चेकजाँच गर्ने क्रममा  १८ वटा बोरामा रहेको ९ सय ९० के.जी मकै, ९५ वटा बोरामा रहेको ५ हजार २ सय ७९ के.जी. गहुँ र ५ सय ९५ वटा बोरामा रहेको २९ हजार ७ सय ५० के.जी चिनी बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार