काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले गिरिबन्धुलाई जग्गा सट्टाभर्ना गर्दै बेच्न दिने भनेपछि अरु १०० भन्दा बढि कम्पनीले गिरिबन्धु जसरी नै हदबन्दी छुट र सट्टापट्टा पाउनुपर्ने भन्दै हजारौं बिघा जमिन बेच्न पाउने निवेदन हालेको खुलासा गरेका छन् ।
उनीहरुको नामसमेत उनले खुलासा गरेका छन् । सबै कम्पनीलाई हदबन्दी छुटको नीतिगत निर्णय गर्दा कम्तीमा पनि ५० खर्बसम्मको खेलोफड्को हुने सम्भावना रहेको आँकलन गरिएको समेत उनले खुलासा गरेका छन् ।
उनले लेखेका छन्- कामकुरो एकातिर ‘कुम्लो बोकी ठिमी तिर’गिरिबन्धुलाई जग्गा सट्टाभर्ना गर्दै बेच्न दिने भने पछि अरु १०० भन्दा बढि कम्पनीले गिरीबन्धु जसरी नै हदबन्दी छुट र सट्टापट्टा पाउनुपर्ने भन्दै हजारौँ बिगा जमीन बेच्न पाउने निवेदन हालेका थिए ।यसरी सबै कम्पनीलाई हदबन्दी छुटको नीतिगत निर्णय गर्दा कम्तीमा पनि ५० खर्बसम्मको खेलोफड्को हुने सम्भावना रहेको आँकलन गरिएको छ ।सर्वोच्च अदालतको एउटा फैसलाले अहिले यसरी निवेदन दिने कम्पनीको खेलमा केही धक्का लागेको छ । तर, बिचौलियाको गिरोह र नीतिगत तहमा बसेर निर्णय गराउनेहरू भने खुलेआम राजनीतिक शक्ति केन्द्रमा रहेका छन् । उनीहरूको स्वर घटेको छैन । कानून नै परिवर्तन गर्न कुरेर बसेका छन् । यदि त्यस्तो भयो भने यसले राज्यको खर्बौं रकम अपचलनको ढोका खोलिदिन्छ । जुन रकम राज्यसँग हुने हो र सदुपयोग गर्ने हो भने १० हजार मेघावाट बिजुली निस्किने आयोजना बन्ला, २२ खर्ब नेपाली को ऋण तिर्न सकिएला , स्वास्थ्य बिमामा झन् धेरै सुविधा दिन सकिएला, हजारौं किलोमीटर रेलको लिक बन्ला । देशले ऋण नै लिन नपर्न सक्ला ।यो तर्फ दायाँबायाँ नसोची, सरकार भत्केला कि भन्ने नडराई, तेरो यो अपराधसँग मेरो यो अपराध मिलाऊँ भन्ने बार्गेनिङ नगरी तत्काल पहलकदमीको आवश्यकता छ । यसै पनि सर्वोच्चले बाँझो भए वा अरू नै प्रयोजनमा भए सरकारीकरण गर्नु भनिसकेको छ । त्यो गरीहालौं । अनि, घडेरी दिने प्रलोभनमा धेरै मान्छेसँग बैना पनि लिइएको छ । त्यो रकम करोडौं हुन सक्छ । ती मान्छेलाई विश्वासमा लिई घडेरी बेच्न बैना लिनेहरू बिरुद्द ठगी उजुरी शुरू गरौँ ।संसदमा उभिएर गालीगलौज र savage हान्ने कोसिस त बर्षौं देखि चलेकैछ । त्यो तिनलाई नै छोडिदिउँ । काम गर्नका पक्षमा जनता सँधै छन् ।जग्गा सट्टापट्टा गर्न निवेदन दिने कम्पनीहरू :१. केपी ओली ट्रस्ट२ . रेराङ्ग हाइड्रोपावर डेभलपमेन्ट पाँचथर३ . केशरी चिया बगान पाँचथर४. ओमटी गार्डेन प्रालि इलाम५. सिद्धपोखरी टी–स्टेट प्रालि इलाम६. इलाम टी–स्टेट इलाम७. सान्भी इनर्जी प्रालि सानाजलविद्युत् आयोजना इलाम८. माङमालुङ चियाबगान लि. इलाम९. किरातेश्वर टी गार्डेन प्रालि त्रिशूल इलाम१०. हिम चियाबगान प्रालि इलाम११. फिक्कल टी एन्ड कफी कम्पनी प्रालि कन्याम पशुपति, पञ्चकन्या इलाम१२. रोनक टी–स्टेट झापा१३. गोमादेवी टी–स्टेट झापा१४. झापा टी–स्टेट झाप१५. राजगढ चिया विकास कम्पनी प्रालि भद्रपुर झापा१६. कल्पना टी–स्टेट झापा१७. मोहन टी–स्टेट इन्डस्ट्रिज झापा१८. बज्रायोगिनी टी–स्टेट प्रालि झापा१९. ज्यामिरगढी टी–स्टेट झापा२०. राज टी–स्टेट झापा२१. पदम टी–टेट झापा२२. इलाम चियाबारी प्रालि झापा२३. पौडेल बन्धु टी–स्टेट प्रालि झापा२४. हिमाल इन्टरनेसनल प्रालि झापा२५. नक्कलबन्दा टी–स्टेट झापा२६. चकचकी टी–स्टेट झापा२७. लक्ष्मी टी–स्टेट झापा२८. सौरभ चिया उद्योग प्रालि झापा२९. इन्टरनेसनल इन्स्टिच्युट अफ हेल्थ साइन्स एन्ड सर्भिसेज प्रालि झापा३०. चन्द्रगढी टी–स्टेट प्रालि झापा३१. रोमन टी–स्टेट प्रालि झापा३२. हडिया रियल टी–स्टेट प्रालि झापा३३. प्रयास चिया उद्योग झापा३४. ऋद्धि गणेश टी–स्टेट प्रालि झापा३५. न्यू–गिरी एन्ड सन्स झापा३६. गुप्ता टी–स्टेट प्रालि भद्रपुर झापा३७. कुवाडीदेवी टी–स्टेट प्रालि पागनडुब्बा, झापा३८. जीपीको इराला फाउन्डेसन मोरङ३९. इस्टर्न स्टार कृषि तथा सहकारी स.लि मोरङ४०. जिरी टी डेभलपमेन्ट प्रालि धनकुटा४१. कुवापानी टी प्लान्टेसन प्रालि धनकुटा४२. मुँगा टी गार्डेन्स प्रालि धनकुटा४३. चुलाचुली टी–स्टेट प्र.लि धनकुटा४४. मारुती सिमेन्ट प्रालि सिरहा४५. केचना टी–स्टेट प्रालि दोलखा४६. सोलु हाइड्रोपावर प्रालि (तल्लो सोलु) गार्मा र तिङला, सोलु र रसुवा४७. अप्परसोलु हाइड्रो इलेक्ट्रिक कम्पनी प्रालि सल्लेरी, तिङला, गामा, रसुवार सोलु४८ ग्रीनभेन्चर्स प्रालि रामेछाप४९. हिमालय ऊर्जा विकास क.(अप्पर खिम्ती) चुचुरे रामेछाप५०. रिलायन्स सुगुर एन्ड केमिकल्स इ.प्रालि बारा५१. गिजरा खाडाखारी मिल प्रालि बाँके५२. युनाइटेड सिमेन्ट प्रालि नौबीसे धादिङ५३. इको अर्गानिक फार्मस प्रालि काभ्रे५४. गेल्डेन फ्रार्मस प्रालि कफी, तरकारी पशुपन्छी काभ्रे५५. तिमाल इन्ट्रगे्रटेड फाउन्डेसन काभे्र५६. युलेन्स एजुकेसन फाउन्डेसन काभ्रेपलाञ्चोक५७. द्वारिकाज हिमालयन सांग्रिला भिलेज रिसोर्ट काभे्र५८. आदि शक्ति विद्युत विकास कं.प्रालि नुवाकोट५९. नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कं. प्रालि (माथिल्लो त्रिशूली) हाकुगाविस रसुवा६०. लिबर्टी इनर्जी हाइड्रो पावर लमजुङ६१. आराभ नेपाल भोर्डन एग्रिकल्चर क. प्रालि लमजुङ६२. हिमालयन पावर पार्टनरसिप लमजुङ६३. होङ्गसी शिवम् सिमेन्ट प्रालि नवलपरासी पाल्पा६४. सान्जेन जलविद्युत् कं.लि रसुवा६५. सगरमाथा सिमेन्ट प्रालि हटिया, मकवानपुर६६. घोरही सिमेन्ट उद्योग घोराही दाङ६७. सोनापुर सिमेन्ट प्रालि दाङ६८. रोल्पा सिमेन्ट प्रालि बुढागाउँ रोल्पा६९. रोवष्ट इनर्जी प्रालि (मिष्ठी खोला जलविद्युत आयोजना) म्याग्दी७०. रोड सो रियल स्टेट प्रालि कास्की७१. सैबु भिलेज रिसोर्ट प्रालि भैंसेपाटी ललितपुरललितपुर७२. नारायणी उष्ट प्रालि ललितपुर७३. ओरियन्टल बिल्डर्स एन्ड डेभलपर्स प्रालि ललितपुर७४. होमल्यान्ड हाउजिङ प्रा.िललितपुर७५. सिभिल होम्स प्रालि ललितपुर काठमाडौं७६. सैबु भिलेज रिसोर्ट प्रालि भैंसेपाटी ललितपुर७७. पवनपुत्र सेक्युरिटी प्रालि ललितपुर७८. उपहार हाउजिङ क.लि. बलम्बु काठमाडौं७९. सिभिल इन्फ्रास्ट्रकचर काठमाडौं८०. सिनर्जी प्रोपर्टिज डेभलप्र्स प्रालि दहचोक काठमाडौं८१. एसबी कम्पनी प्रालि सीतापाइला, चितवन८२. सांग्रिला हाउजिङ प्रालि काठमाडौं८३. सि.ई कन्स्ट्रक्सन प्रालि काठमाडौं८४. बागमती प्रपर्टी डिलर्स प्रालि. काठमाडौं भक्तपुर८५. युरो इन्भेस्टमेन्ट् प्रालि काठमाडौं८६. आयुषा डेभलपर्स प्रालि काठमाडौं८७. कोहिनुर हिलहाउजिङ प्रालि काठमाडौं८८. हेभेन्स भिलेज प्रालि काठमाडौं८९. बृहत् इनभेन्टमेन्ट प्रालि काठमाडौं९०. होमल्यान्ड हाउजिङ प्रालि काठमाडौं९१. पदमा मर्चेन्ट कं. प्रालि सीतापाइला, काठमाडौं९२. टावर हाउजिङ प्रालि काठमाडौं चितवन९३. टचउड हाउजिङ प्रालि काठमाडौं९४. सुभारम्भा हाउजिङ एन्ड डेभलपर्स प्रालि९५. सीडी डेभलपर्स प्रालि काठमाडौं९६. सिद्धार्थ हाउजिङ प्रालि काठमाडौं९७. तनहुँ हाइड्रोपावर लि. तनहुँ९८. लिवर्टी इनर्जी क.लि. लमजुङ९९. काबेली इनर्जी पाँचथर१००. हिमालय महालक्ष्मी गार्डेन प्रालि झापा१०१. गिरिबन्धु टी–स्टेट प्रालि झापा
प्रतिक्रिया