पेट्रोलियम पदार्थको मूल्य घट्यो

शुक्रबार, १८ जेठ २०८१
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक एक रुपैयाँ घटाएको हो । निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् रहेको जनाएको छ । मूल्य घटेपछि अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य १६८ रुपैयाँ प्रतिलिटर कायम भएको छ भने डिजेल र मट्टितेलको प्रतिलिटर १५३ रुपैयाँ कायम भएको छ । भारतबाट आएको नयाँ मुल्यसूचीमा मूल्य घटेर आएपछि निगमले मूल्य घटाएको जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार