पाँचथरमा फोटो खिच्दा लडेर एक युवकको मृत्यु, अन्य तीन जना घाइते

मंगलबार, २२ जेठ २०८१
काठमाडौं । पाँचथरको मुवा झरना घुम्न गएका एक युवकको लडेर मृत्यु भएको छ । झरनाको सौन्दर्यमा फोटो खिच्ने क्रममा लडेर घाइते हुँदा फिदिमका १८ वर्षिय एल्सन मगरको मृत्यु भएको हो । गम्भिर घाइते भएका मगरलाई उपचारका लागि झापा लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । साथीहरूसँग झरना घुम्न गएका मगर फोटो खिच्ने क्रममा चिप्लेर लडेका थिए । उनीसँगै चिप्लेर लड्दा फिदिम ११ का २० वर्षीय सुदीप आङ्बो, फिदिम २ का राजन फागो र फिदिम ११ कै विशाल विश्वकर्मा घाइते भएका छन् । उनीहरूको पाँचथर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार