आज यी चार प्रदेशमा मेघगर्जन-चट्याङ्ग सहित पानी पर्ने सम्भावना  

विहीबार, २४ जेठ २०८१
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाको अनुसार आज देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पश्चिम बंगलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ । जसकारण आज बिहानैबाट हाल मौसमको कोशी र बागमती प्रदेशका थोरै स्थानहरु र  बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । बिहीबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । सुदुरपश्चिम, कर्णाली, लुम्बीनी र कोशी प्रदेशका एक–दुई स्थानमा हावा हुरीको समेत सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ। आज राती कोशी, बागमती र गण्डकी  प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी ,बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार