बूढीगंगा २ का स्थानीय नरसिंह चौधरीको ग्वालीमा सोमबार हत्या गरी बोरामा पोको पारेर राखेको अवस्थामा प्रियंकाको शव फेला परेको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार प्रियंकाले परपुरुषसँग हिमचिम बढाएको र सम्बन्ध राखेको आशंकामा हत्या गरेका हुन् ।
प्रहरीका अनुसार प्रियंकाका पति रमेशको विराटनगर–१९ मिलनचोकमा सुन पसल छ । ‘भारत बिहारको खोजुली माइत भएकी प्रियंकासँग रमेशको मागी बिहे भएको रहेछ,’ डीएसपी कार्कीले भने, ‘उनीहरुका ८ वर्षका छोरा र ६ वर्षकी छोरी गरेर दुई जना सन्तान रहेछन् ।’ उनका अनुसार परपुरुषसँग सम्बन्ध राखेको भन्दै रमेशले बारम्बार प्रियंकासँग झगडा गर्ने गरेका रहेछन् ।
पक्राउ परेकामध्ये उमेशले भने प्रियंकालाई आफ्नो गाडीमा राखेर आइतबार बूढीगंगा गाउँपालिका–२ अमाहीस्थित नरसिंह चौधरीको घरमा पु¥याएको डीएसपी कार्कीले बताएका छन् ।
प्रतिक्रिया