पहिरोले ट्रक पुरियो, मध्यपहाडी लोकमार्ग अवरुद्ध

बुधबार, ०५ असार २०८१
सिन्धुली । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ को कुँडुलेमा गएराति पहिरो खस्दा ट्रक पुरिएको छ । बुधबार बिहान एक्कासि लेदोसहितको पहिरो खस्दा प्रदेश २ –०३–००१ ख– ७१४४ नम्बरको ट्रक पुरिएको हो ।
यातायात अवरुद्ध हुँदा पूर्वी पहाडी जिल्ला ओखलढुङ्गा,खोटाङ, सोलुखुम्बु, भोजपुर, उदयपुरबाट काठमाडौं आवतजावत गर्ने सवारी साधन बीच बाटोमै अलपत्र परेका छन् । Untitled-1 यान्त्रिक कार्यालय मूलकोट र गोलन्जोर गाउँपालिकाको सहयोगमा एक्स्काभेटर मगाएर बुधबार बिहानदेखि नै पहिरो पन्छाउने काम भइरहेको प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिए । सोही मार्गअन्तर्गत वडा नम्बर–६ को अक्करे भीरमा समेत लेदो माटो खसेर सडक अवरुद्ध बनेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार