सर्लाहीमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा तीन जनाको मृत्यु, १७ जना घाइते

विहीबार, ०६ असार २०८१
सर्लाही । पूर्व–राजमार्गअन्तर्गत सर्लाहीको बागमती नगरपालिका–१, रायमाझी चोकमा बिहीबार बिहान सडक छेऊमा रोकिराखेको भारतीय मालवाहक ट्रकमा बस ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । भैरहवाबाट जनकपुर आउँदै गरेको लु १ ख ८८४८ नम्बरको बस र सडक किनारमा रोकिराखेको एन एल ०११ ए एस ९२५२ नम्बरको भारतीय मालवाहक ट्रक ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार  दुर्घटनामा परी रुपन्देहीका दर्शक कहार, रामशरण केबट र हरिबहादुर चौधरीको मृत्यु भएको सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । बसका चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार