इटहरीका निजी विद्यालयको मनोमानी, यी विद्यालयले बुझाएनन् उपमहानगरलाई एसइई नतिजाको तथ्याङ्क

आइतबार, २३ असार २०८१
इटहरी : इटहरीमा रहेका निजी विद्यालयहरूले मनोमानी गरेका छन् । एसइईको नतिजा सार्वजनिक भएपछि उपमहानगरको शिक्षा शाखाले सार्वजनिक नतिजाको तथ्यांक माग गरेपनि यहाँका निजी विद्यालयहरूले तथ्यांक बुझाएका छैनन् । शिक्षा शाखाका अधिकृत तीर्थ गौतमका अनुसार एसइई परीक्षाको नतिजा बुझाउन अटेर गरेपछि तथ्यांकमा समस्या परिरहेको छ । यसअघि उपमहानगरपालिकाले तीन दिनभित्र यहाँ सञ्चालित सबै विद्यालयहरूलाई एसइईको नतिजा पठाउन परिपत्र गरेपनि अहिलेसम्म अधिकांश विद्यालय प्रशासनले तथ्यांक नबुझाएको गौतमले बताए । ‘नगर शिक्षा ऐन अन्तर्गत तथ्यांक नबुझाउने विद्यालयहरूलाई कारबाही हुन्छ,’ गौतमले प्रदेश खबरसँग भने, ‘हामी अब सोमबार पुनः एकपटक पत्र पठाउँछौँ । तरपनि तथ्यांक प्राप्त नभए थप प्रक्रिया अगाडि बढ्छ ।’ यस वर्षको एसइई परीक्षाको नतिजा तुलनात्मक रूपमा अघिल्ला वर्षहरूभन्दा घटेकाले पनि विद्यालयहरू नतिजा बुझाउन अटेर गरेको अनुमान गरिएको छ । यसअघि एसइईमा सम्मिलित १८ वटै सामुदायिक विद्यालयहरूले नतिजासहितको तथ्यांक शिक्षा शाखामा बुझाएको भएपनि संस्थागत विद्यालयहरूले भने अहिलेसम्म नपठाएर अटेर गरेको शिक्षा शाखाले जनाएको छ ।
हालसम्म शिक्षा शाखामा २७ वटा विद्यालयले मात्र विद्यालयको आधिकारिक तथ्यांक पठाइसकेका छन् । खासगरी जिल्ला शिक्षा समन्वय इकाईमासमेत तथ्यांक नबुझाउनु र उपमहानगरमासमेत नबुझाउँदा आम सर्वसाधारण र अभिभावकहरू अनभिज्ञ भएका छन् ।
यस वर्ष एसईईको परीक्षामा सोचेअनुरूप नतिजा नआउँदासमेत विद्यालयहरूले तथ्यांक लुकाएको जानकारहरू बताउँछन् । इटहरीका कुल ६८ वटा निजी विद्यालयमध्ये ४१ वटा विद्यालयले तथ्यांक बुझाउन बाँकी रहेको छ । यसैगरी बाँकी विद्यालयले भने तथ्यांक बुझाएको शिक्षा शाखाले जनाएको छ । यी हुन् तथ्यांक नबुझाउने विद्यालय, हेर्नुहोस् तथ्यांक ? १. सुनसरी क्रिष्टल एकेडेमी २. बाल आदर्श बोर्डिङ स्कुल ३. लिटल केयर बोर्डिङ स्कुल ४. पूर्वाञ्चल सेकेण्डरी बोर्डिङ स्कुल ५. प्याराडाइस सेकेण्डरी बोर्डिङ स्कुल ६. बालविकास इङ्लिस बोर्डिङ स्कुल ७. ज्ञानदपर्ण एकेडेमी ८ः इष्ट वेष्ट पोइन्ट ९ः महर्षि स्कुल १०ः तरहरा मोडेल एकेडेमी ११ः फुजिसान सगरमाथा बोर्डिङ १२ः गोदावारी विद्या मन्दिर १३ः भेल्भेट इङ्लिस बोर्डिङ स्कुल १४. मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कुल १५. भृकुटी सेकेण्डरी स्कुल १६. जयन्ती विन्धवासिनी विद्यासदन १७. पशुपति इङ्लिस बोर्डिङ स्कुल १८. एसओएस हर्मन माइनर १९. कस्तुरी सेकेण्डरी स्कुल २०. कोसी सेन्ट जेम्स आवासीय माध्यमिक विद्यालय २१. नर्थ पोइन्ट इङ्लिस बोर्डिङ स्कुल २२. सेक्रेट हार्ट इङ्लिस बोर्डिङ स्कुल २३. युनिभर्सल इङ्लिस सेकेण्डरी स्कुल २४. चामुण्डा भगवती आवासीय मावि २५. बोर्डिङ माध्यमिक विद्यालय २६. गार्डेन एकेडेमी २७. हाम्रो इङ्लिस बोर्डिङ स्कुल २८. सेफर्ड चिल्ड्रेन एकेडेमी २९. सुष्मा सेकेण्डरी स्कुल ३०. होराइजन एकेडेमी ३१. वाई पोइन्टिङ बोर्डिङ स्कुल ३२. इटहरी नोबेल एकेडेमी ३३. लिटल फ्लावर्स इङ्लिस स्कुल ३४. कञ्चनजंघा इङ्लिस बोर्डिङ स्कुल ३५. इटहरी मोडेल सेकेण्डरी स्कुल ३६. पाथीभरा इङ्लिस बोर्डिङ स्कुल ३७. बेबिलोन सेकेण्डरी बोर्डिङ स्कुल ३८. शान्तिनगर इङ्लिस स्कुल ३९. न्यू ऐरा चिल्ड्रेन एकेडेमी ४०. साई चिल्ड्रेन होम्स इङ्लिस बोर्डिङ स्कुल ४१. खनार मोडेल एकेडेमी यो पनि - एसइईमा सुनसरीका तीन वटा बिद्यालयको नतिजा शून्य,इटहरीका सामुदायिक विद्यालयको नतिजा कमजोर(तथ्याङ्क सहित)

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार