मैले बालिकाको परिवारबाट जानेबुझेसम्म ललिताको मुख्य काम कुकुरको स्याहार गर्नु नै हो । काम गरे बापत कति ज्याला पाउने हो श्रमिक ललितालाई थाहा छैन तर बालिका ललिताले भनिन् मलाई वर्थडे मनाउन माल्किनीले एक हजार दिनुभयो । मैले बुझेको यत्ति हो ।’
सांसद श्रेष्ठको कारखानामा पनि उस्तै शोषण, सरकारी ज्याला समेत दिदैनन्
सरकारले एक जनाको दैनिक ज्याला ६ सय २० रुपैयाँ तोकेको भएपनि सांसद श्रेष्ठले भने दैनिक २ सय ५० मात्र दिएर मजदुरहरूलाई शोषण गरिरहका छन् ।
सिराहाका ४७ वर्षीय रामपृत सदा र ४३ वर्षीया बौकी कुमारी सदा लीलानाथको बिँडी कारखानामा काम गर्दै आएका छन् । उनीहरूले कारखानामा काम गर्न थालेको १२ वर्ष नाघिसक्यो ।
यी दुई दलित मुसहर मजदुर दम्पतीको दैनिक ज्याला कानुनले तोकेभन्दा निकै कम छ । रामपृतले दैनिक २ सय ५० रुपैयाँ र र बौकीले जम्मा दुई सय ज्याला पाउँछिन् ।
बौकीको जिम्मेवारी बिँडी कारखानामा दैनिक सुर्ती कुट्ने र धूल्याउने काम हो । उनी थप घरको भाँडा माझ्ने, सरसफाइ गर्ने र बगैँचा गोडमेल गर्ने काम पनि गर्छिन् ।
रामपृतले बिँडी कारखानाका मजदुरहरूलाई चाहिने दाउरा चिर्न बन्चरो चलाउँछन् । उनी सुर्ती कुट्छन्। उनीहरू बिहान ८ बजेदेखि साँझ ६–७ बजेसम्म काम गर्छन्। तर दिनभरि काम गरेको ज्याला जम्मा ४ सय ५० मात्र पाउँछन् ।
पूर्व मन्त्रीले ‘लीला बिँडी कारखाना’ चलाउने गरेका छन् । सो कारखानामा काम गर्ने कामदारहरूले सरकारले तोकेको दैनिक ज्याला ६ सय २० रुपैयाँ पाउने गरेका छैनन् ।
सरकारी नियम अनुसार रामपृत दम्पतीले दैनिक १२ सय ४० ज्याला पाउनुपर्ने हो। तर मात्र ४ सय ५० दिइन्छ। दलित मुसहर दम्पतीले पूर्व मन्त्रीको कारखानामा दैनिक ७ सय ९० रुपैयाँ ठगिने गरेका छन् ।
प्रतिक्रिया