प्राकृतिक विपद् : गएको २४ घण्टामा १७ जनाको मृत्यु, मृतकको संख्या १०१ पुग्यो

शुक्रबार, २८ असार २०८१
काठमाडौं : प्राकृतिक विपदमा परेर गएको २४ घण्टामा १७ जनाको मृत्यु भएको छ। शुक्रबार बिहान ९ बजेदेखि आज बिहान ८ बजेसम्ममा १७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बाढीले ३ जना, पहिरोमा परेर १३ जना र चट्याङ लागेर १ जनाको मृत्यु भएको हो। त्यसैगरी १ जना बेपत्ता भएका छन्। बाढी, पहिरोसहित यो अवधिमा ७७ वटा घटना भएका छन्।  यो सँगै मनसुन सुरु भए यता प्राकृतिक विपदमा परेर १०१ जनाको मृत्यु भएको छ भने १०८ जना घाइते भएका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार