आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

आइतबार, ३० असार २०८१
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहनुको साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ । जसको कारण, हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही केही स्थानमा मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको साथै अबको २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ । आज दिउँसो देशभर आंशिक बदली भइ कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहनेको महाशाखले जनाएको छ । आज राति भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्यङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ र कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार