ओलीका चुनौती : निराशामा गएको देशलाई आशा पुनर्स्थापना

सोमबार, ३१ असार २०८१
काठमाडौं : वर्तमान सरकारका धेरै चुनौती छन्। राजनीतिक परिवर्तन धेरै भएपनि मुलुकको आर्थिक सामाजिक रूपान्तरण हुन सकेको छैन। भ्रष्टाचार, अनियमितता, कुशासनले मुलुकलाई जकडेको छ। तीनै तहका सरकारले जनता ‘डेलिभरी’ दिन सकेका छैनन्। त्यसले जनतामा निराशा र सन्तुष्टि फैलिएको छ। जनतामा पुराना नेता र दलप्रति वितृष्णा र आक्रोश पनि पैदा भएका छन्। २०६२/६३ को जनआन्दोलनपछि प्रायः सत्तामा नै रहेको नेकपा माओवादी केन्द्र प्रतिपक्ष भएको छ। विश्वासको मत लिने दिनमा नै बहिर्गमन भएका तत्कालीन प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को भाषणले पनि सरकारको सशक्त विरोध हुने स्पष्ट देखिएको छ। नयाँ पार्टी भनेर आएकाहरू पनि सरकारप्रति आक्रामक नै हुने देखिएको छ। जसले सरकारप्रति सदन र सडकमा नै प्रतिरोध हुने सम्भावना छ। यी चुनौतीको सामना गर्दै मुलुकको विकास र समृद्धिमा यो सरकार अघि बढ्नुपर्ने राजनीतिज्ञहरूको सुझाव छ। राजीतिक विश्लेषक नीलाम्बर आचार्यनिराशा गएको देशलाई फर्काएर आशा पुनस्र्थापना गर्न सक्नुपर्ने बताउँछन्। ‘अहिले देश निराशामा गएको छ। निराशाबाट देशलाई फर्काएर आशा जगाउन सक्नुपर्छ,’ उनले भने। उनले दुई ठूलो पार्टी भनेर सरकार बनेका कारण स्वच्छ शासन दिन सक्नुपर्ने सुझाउँछन्। उनले मुलुकको आर्थिक, वैदेशिक, राजनीतिक चुनौतीको मिलेर सामना गर्नुपर्ने बताउँछन्। अस्थिरता तोडेर एकतालाई परिणामदायीरूपमा दिगो राख्नुपर्ने पनि आचार्य बताउँछन्। ‘अस्थिरताकै कारण मुलुक यो अवस्थामा पुगेको छ, अब यो अस्थिरतालाई तोडेर परिणाम दिन सक्नुपर्छ। ’ उनले भने। पूर्वसभामुख दमननाथ ढुंगाना ओली सरकारलाई वर्तमान परिस्थितिलाई खरोरूपमा सम्बोधन गर्न सक्नु पर्ने बताए। सरकारका चुनौती धेरै रहेको बताउँदै उनले सरकारले अब जनताको आर्थिक सामाजिक रूपान्तरणमा केन्द्रित भएका काम गर्नुपर्ने सुझाव दिन्छन्। ‘परिवर्तन त भयो तरमुलुकको आर्थिक सामाजिक रूपान्तरण हुन सकेको छैन, जनतामा निराशा र सन्तुष्टि छ। यो सरकारलेमुलुकको आर्थिक सामाजिक रूपान्तरण गर्न सक्नुपर्छ,’ उनले भने। उनले बदलिँदो परराष्ट्र सम्बन्ध सम्बोधन गर्न पनि सरकारले ध्यान दिनुपर्ने सुझाव दिन्छन्। पछिल्लो समय परराष्ट्र सम्बन्धको अवस्था पनि बदलिएको छ, त्यसलाई सरकारले सम्बोधन गर्न सक्नुपर्छ, नत्र जटिलता आउन सक्छ, उनले भने। आजको अन्नपुर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार