तरहरा : इटहरी २० तरहरामा आज (शनिबार) बिहान दुर्घटना भएको छ ।
बिहान ६ बजेतिर कार र मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।
तरहरा प्रहरी चौकीका अनुसार को ३६ प ९३९१ नम्बरको मोटरसाइकल र नाप्र१२६ च २१३७ नम्बरको कार एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।
एकै दिशाबाट आएको दुवै सवारी साधन दुर्घटना हुँदा इटहरी निवासी हेम कार्की गम्भीर घाइते भएका छन् । उनको उपचारको लागि अस्पताल पठाइएको छ ।
प्रहरीका अनुसार दुवै सवारी साधन ठोक्किएर दुर्घटना भएपछि ६ लेन सडकमा पर्ने डिभाइडरमा कार ठोक्किएको थियो ।
कारमा सवार मानिसहरूभने सामान्य रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया