सङ्खुवासभा : जिल्ला अस्पताल खाँदबारीमा भाइरल ज्वरो, डेङ्गी तथा स्क्रब टाइफसका बिरामी बढेपछि शैय्या अभाव हुन थालेको छ । असार अन्तिम सातादेखि अस्पतालमा ज्वरो र डेङ्गीका बिरामी बढ्न थालेपछि शैय्या अभाव हुन थालेको हो।
साउनयता भाइरल ज्वरो र डेङ्गीका बिरामीको सङ्ख्या अनपेक्षित रूपमा बढेपछि उपचार गर्ने शैय्या अपुग हुन थालेको अस्पतालका सूचना अधिकारी शेखर खत्रीले जानकारी दिए। उनले शैय्या नहुँदा बिरामीलाई भुईंमा राखेर उपचार गरिरहेको बताए ।
जिल्ला अस्पतालमा ज्वरोका बिरामीको सङ्ख्या अत्याधिक बढेकाले भुइँ, खाली स्थान र हलमा राखेर उपचार गरिरहेको अस्पताल प्रशासनले जनाएको छ।
वैशाखयता स्क्रब टाइफसका एक सय ६० र डेङ्गीका २७ जना बिरामी भेटिएको खत्रीले बताए ।
भाइरल ज्वरोले सङ्खुवासभाका सरकारी तथा निजी अस्पतालमा समेत बिरामीको सङ्ख्या वुद्धि हुँदै गएको छ।
प्रतिक्रिया