झापा : इलाम–झापा मैत्री समाज विर्तामोड नगर समितिको छैटौँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन विर्तामोडमा सम्पन्न भएको छ ।
अधिवेशनबाट अध्यक्षमा पुन : अञ्जु लामिछाने चयन भएकी छिन् । त्यस्तै उपाध्यक्ष दुर्गा पोखरेल, सचिव निरकुमार खत्री, सह–सचिव विमल कट्टेल र कोषाध्यक्ष गंगा खनाल चयन भएका छन् । सदस्यहरूमा जोशिला खत्री, सविता आचार्य, शुशिला कर्माचार्य, श्रद्वा सुमन शर्मा, सिता अधिकारी र गोपाल दाहाल चयन भएका हुन् ।
नव निर्वाचित समितिले इलाम र झापाबीचको सामाजिक, सांस्कृतिक र आपसी सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ ।
नगर अध्यक्ष लामिछानेको अध्यक्षतामा तथा इलाम नगरपालिका पूर्व उपाध्यक्ष भिष्म वैद्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रममा पूर्व न्यायाधिवक्ता प्रमोद भट्टराई, निवर्तमान अध्यक्ष श्याम खड्गी, विजयकुमार बुढाथोकी, सुरेन्द्र नेपाल, गजेन्द्र पौडेल, दिल्ली नेपाल, चन्द्र बस्नेत, ढुण्डिराज गिरी, दुर्गा खनाल, दिलिप अधिकारी, चन्द्रकान्त ढकाल, पुष्प खड्का र नरेश कर्माचार्यलगायत विशिष्ट अतिथि तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया