विराटनगर : व्यवसायिक हकहितको संरक्षण तथा पठन संस्कृतिको प्रवद्र्धनलाई जोड दिदै आएको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ मोरङको अध्यक्षमा दुर्गा प्रसाद घिमिरे चयन भएका छन् । आईतबार सम्पन्न १९ औँ वार्षिक साधारण सभा र दशौँ जिल्ला अधिवेशनले अध्यक्षमा घिमीरेलाई चयन गरेको हो ।
त्यसैगरी महासङ्घको वरिष्ठ उपाध्यक्षमा यतिराज पोखरेल, उपाध्यक्षद्वयमा शुसिल घिमिरे र नरेश माझी, सचिवमा माधव प्रसाद बराल, सह–सचिवमा विक्की मित्तल तथा कोषाध्यक्षमा प्रमोद बिश्वास अधिवेशनबाट चयन भएका छन्।
सदस्यहरूमा धनकुमारी आचार्य, हिमाकुमारी घिमिरे, बादल कनौडिया, अभिलाष अग्रवाल, विकास गोयल, शैलेन्द्र घिमिरे, मुकेशप्रसाद दुलाल, भूपराज निरौला, योगेन्द्र संग्रौला, मित्रप्रसाद अधिकारी, रुपेश झा र नवराज भट्टराई रहेका छन् ।
वार्षिक साधारणसभा तथा अधिवेशनका वक्ताहरु अतिथी तथा पुस्तक तथा स्टेसनरी व्यवसायी संगठनात्मक सुदृढीकरण, व्यवसायिक हकहितको संरक्षण तथा पठन संस्कृतिको प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै आगामी कार्यदिशा तय गरिने वताएका थिए ।
कार्यक्रमलाई सम्वोधन गर्दै नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष मातृका सिवाकोटीले प्रविधिको तीव्र विकाससँगै पठन संस्कृतिमा गम्भीर गिरावट आएको बताएका छन् । उनले पठन संस्कृतिको संरक्षणका लागि राज्य, शैक्षिक संस्था र व्यवसायीबीच सहकार्य अपरिहार्य रहेकोमा जोड दिए ।
महासङ्घ मोरङका अध्यक्ष दिनेश पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेश अध्यक्ष जीवन नेपाल, महासङ्घका पूर्व केन्द्रीय महासचिव रामदेव पाण्डे, शिक्षा समन्वय इकाइ मोरङका प्रमुख शालिग्राम दाहाल, महासङ्घ झापाका अध्यक्ष विनोद सापकोटा, जनक शिक्षा सामग्री केन्द्र कोशी प्रदेश प्रमुख भूपराज थापा तथा विराटनगर महानगरपालिका शिक्षा शाखा प्रमुख राम ढुंगेल, विराटनगर प्याप्सनका अध्यक्ष अर्जुन श्रेष्ठले पठन संस्कृतिको विकासका लागि पुस्तक व्यवसायीले पु¥याएको योगदानको प्रशंसा गरे ।
कार्यक्रममा जनक शिक्षा सामग्री केन्द्र कोशी प्रदेश प्रमुख भूपराज थापाले केन्द्रमा हाल ७५ प्रतिशत पाठ्यपुस्तक उपलब्ध भइसकेको जानकारी गराउँदै निजी प्रकाशनलाई छाप्न नदिइएका पाठ्यपुस्तक तथा सामग्री व्यवसायीले केन्द्रबाटै खरिद गर्नुपर्ने व्यवस्था रहेको जानकारी गराएका थिए ।
अधिवेशनका अवसरमा पुस्तक तथा स्टेसनरी व्यवसायमा योगदान पु¥याएका तीन जना व्यवसायीलाई सम्मान गरिएको थियो। सम्मानित हुनेमा मिलन लम्साल, चुडामणि घिमिरे र ओमप्रकाश उप्रेती रहेका छन्।
प्रतिक्रिया