काँकडभिट्टा नाकाबाट सबैभन्दा बढी अलैँची निर्यात

आइतबार, १३ पुस २०८२
फाइल फोटो

झापा : पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा सबैभन्दा बढी निर्यात हुनेमा अलैँची शीर्ष स्थानमा रहेको छ । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार उक्त अवधिमा पाँच अर्ब ५३ करोड ३२ लाख ४९ हजार रुपैया बराबरको अलैँची भारततर्फ निर्यात भएको हो । 

कार्यालयका अनुसार उक्त अवधिमा  एक अर्ब ८५ करोड ६२ लाख सात हजार रुपैयाको चिया र ८३ करोड ७० लाख ८६ हजार रुपैयाको प्लाइउड निर्यात भएको छ । साथै  ४८ करोड ५२ लाख ७३ हजार रुपैयाको छुर्पी,  ४४ करोड ९९ लाख ११ हजार रुपैयाको भेनियर सिट,  ३७ करोड ४५ लाख ३८ हजार रुपैयाको अदुवा र सुठो,  ३० करोड ४१ लाख ४९ हजार रुपैयाको अम्रिसो र  ११ करोड ३१ लाख ९१ हजार रुपैया मूल्य बराबरको काउली र बन्दागोपी निर्यात भएको तथ्याँक रहेको छ । 

त्यसैगरी  नौ करोड १२ लाख ८७ हजार रुपैयाको मुसुरो र तीन करोड ७८ लाख ८३ हजार रुपैया मूल्य बराबरको फलामे पाता पनि निर्यात भएको भन्सारले जनाएको छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार