क्यासिनो वाल्डोका सञ्चालक पक्राउ

आइतबार, १३ पुस २०८२

काठमाडौं । काठमाडौंबाट क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले ठमेलस्थित छायाँ सेन्टरमा सञ्चालित क्यासिनो वाल्डोका अध्यक्ष चिनियाँ नागरिक च्यान मिन चिङलाई पक्राउ गरेको हो । यसअघि प्रहरीले क्यासिनोबाट चार भारतीय र दुई नेपाली महिलालाई पक्राउ गरेको थियो ।

क्यासिनोका नेपाली सञ्चालक सञ्चालक विनोद भन्ने जनार्दन उप्रेती, गौरव खत्री, मोनु भन्ने निरजकुमार, हीरा शेखर मल्ली पुरी, कमल खरबन्दा र मुकेश फरार रहेका छन् ।

केही दिनअघि यस क्यासिनोमा इभेन्ट नै आयोजना गरी तासमा चिप्स र आँखामा विशेष प्रकारको लेन्स लगाई ठगी हुने गरेको खुलासा भएको थियो । उक्त क्यासिनोमा डिसेम्बर ११ देखि १४ तारेखसम्म भारत र नेपालका विभिन्न समूह मिलेर इभेन्ट आयोजना गरिएको थियो ।

ठगी गर्नैका लागि ५० प्याकेट म्याग्नेट जडित तास र ४ सय लेन्स भारतबाट खरिद गरेर ल्याएको पाइएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार