सानिमा रिलायन्सद्वारा पहिरो प्रभावित क्षेत्रलाई  नगद एक लाख

आइतबार, १३ पुस २०८२
कम्पनीका प्रदेश प्रमुख कर्मराज पौडेल नगरप्रमुखलाई चेक हस्तान्तरण गर्दै

इलाम । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत पहिरो प्रभावित क्षेत्रका बासिन्दाका लागि नगद एक लाख उपलव्ध गराएको छ । 
कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत इलाम नगरपालिका प्रमुख केदार थापालाई एक लाख रुपैयाको चेक हस्तान्तरण गरेको हो । 

 

इलाम नगरपालिका क्षेत्रमा पर्ने पहिरो प्रभावितहरुका लागि सहयोग गरिएको सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका कर्मचारी चेतन अधिकारीले जानकारी दिए । कम्पनीका प्रदेश प्रमुख कर्मराज पौडेल नगरप्रमुखलाई सो चेक हस्तान्तरण गरेका थिए ।

 

यस अघि पनि सानीमा रिलायन्स लाईफ इन्स्योरेन्सले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्दै आएको छ । चेक हस्तान्तरण गर्दै प्रदेश प्रमुख पौडेलले कम्पनीले विपद् तथा कठिन परिस्थितिमा समुदायसँग सधैँ साथ र सहकार्य गर्दै आएको जानकारी गराए ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार