धरान खानेपानी व्यावस्थापन बोर्डको नियमित संचालन पारदर्शिता र जवाफदेहिताको मूल्य र मान्यताको आधारमा हुने भन्ने मुख्य ध्येय रहेको नेपाली काङ्ग्रेस धरान सभापति श्याम पोख्रेलले बताए ।
हाल धरान खानेपानी व्यवस्थापन बोर्डको बैठक नबसीकन गैर कानुनी रुपमा गतिविधि भएको र अदालतमा मुद्धा समेत विचाराधीन अवस्थामा रहेको बेला खानेपानीको महसुल गरिनु गम्भीर विषय रहेको उनले जनाए ।
नयाँ धारा जडान न्यूनतम ३३ देखि ३ सय प्रतिशतसम्म, होल चेन्ज १ सय ५० पचास देखि २ सय ८० प्रतिशत सम्म, नाम सारी मृतकबाट २ हजार ४ सय प्रतिशत देखि ९ हजार ९ सय प्रतिशतसम्म, मर्मत तथा चेक १ सय देखि १९ सय प्रतिशतसम्म, महशुल ११ देखि २ सय प्रतिशतसम्म, निवेदन दस्तुर ४ सय प्रतिशत र जलाधार संरक्षण शुल्क नयाँ थप गरिएको छ ।
मृतकको नाममा रहेको धारा नामसारी गर्दा १ हजार ९ सय देखि ९ हजार ९ सय प्रतिशत शुल्क वृद्वि गरिएको छ । यस्तै, नयाँ धारा जडान ३ सय प्रतिशत सम्म महसुल वृद्विले सेवाग्राहीलाई प्रत्यक्ष असर पारेको नेकपा (एमाले) धरान अध्यक्ष हर्कजङ एभेङले बताए ।
मर्मत तथा चेकमा १ हजार ९ सय प्रतिशत सम्म शुल्क वृद्वि र निवेदन दस्तुर ४ सय प्रतिशत वृद्वि गरी महसुल बढाएको आपति रहेको जनता समाजवादी पार्टी धरान सभापति ताजुव लिम्बुले बताए ।
यहाँका नागरिकले स्वच्छ र शुद्ध खानेपानी पिउन पाउने अधिकार रहेको भएपनि हचुवाको भरमा खानेपानीको महसुल वृद्विको विरुद्वमा आफूहरू उभिन बाध्य भएको उनको भनाइ छ ।
खानेपानी व्यास्थापन बोर्ड आफैँमा नाफामुलक संस्था नभएको हुँदा अघिल्ला जनप्रतिनिधिहरूको नामै उल्लेख गरी ऋण बोकाएको कारणले घाटा भएको हुँदा महसुल बढाउन बाध्य भएको बोर्ड नगर प्रमुख राईले बताउँदै आएका छन् ।
नगर प्रमुखको दोहोरो चरित्र
वर्तमान नगर प्रमुख हर्क साम्पाङले भने दोहोरो चरित्र देखाएका छन् । उनी नगर प्रमुख हुनुअघि खानेपानीको महसुल घटाउन आन्दोलन गर्दै आएका थिए । उनले खानेपानीको मुद्वा नै उठाएका कारण चुनाव जितेपनि धराने जनता झुक्याएकोसमेत आरोप लाग्ने गरेको छ । चुनाव जितेपछि भने नगर प्रमुख राईको चरित्र फेरिएको छ । उनले अहिले भने खानेपानीको महसुल आफूखुशी बढाएको राजनीतिक दलहरूको आरोप छ ।
बोर्डले वृद्वि गरेको खानेपानीको महसुल दर तत्काल खारेज गरी पुरानै महसुल दर कायम गर्नु पर्ने, बोर्डलाई पूर्णता दिई पारदर्शी र जवाफदेही रुपमा नियमित सञ्चालन गरिनुपर्ने र बोर्डको आय व्यायको सार्वजनिक परीक्षण गर्नु पर्ने मागहरु राख्दै ७२ घण्टाभित्र पूरा गर्न अल्टिमेटम दिएका छन् । माग पूरा नभएमा चरणवद्ध आन्दोलन गर्न वाध्य हुने राजनीतिक दलहरुले चेतवनी दिएका छन ।
उक्त आन्दोलनमा नेकपा (माओवादी केन्द्र) धरान अध्यक्ष सर्वजित राई, नेकपा (एकीकृत समाजवादी), धरानका अध्यक्ष रेवतीरमण राई, राष्ट्रिय स्वतन्त्र पार्टी धरान सभापति सुमन श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी धरान संयोजक नरेश कुमार शाक्य, नागरिक उन्मुक्ति पार्टी धरानका उपाध्यक्ष अर्जुन खड्का, संघीय लिम्बुवान मञ्च धरानका अध्यक्ष मोहन कुमार तिगेला, राष्ट्रिय साझा पार्टी धरानका अध्यक्ष सुरेश कुमार राई लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया