इटहरी : कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्कीकै आग्रहमा सरकारमा आजसम्म बसेको र आज राजीनामा दिन लागेको बताए ।
माओबादीले राजीनामा बुझाएपनि सरकारको समर्थन फिर्ता नलिने आङ्बोले जानकारी दिए ।
कोशी सरकारमा माओवादीबाट भौतिक पूर्वाधार विकास मन्त्रालयमा गणेश उप्रेती , स्वास्थ्यमा राजेन्द्र कार्की र पर्यटन, वन तथा वातावरण मन्त्रालयमा नारायणबहादुर मगर मन्त्री थिए । यस्तै पर्यटनमा वन्दना झागर राज्यमन्त्री थिए ।
संविधानको धारा १६८(५) अन्तर्गत एमालेका ३९ र माओवादीका १३ जना प्रदेशसभा सदस्यको समर्थनमा हिक्मतकुमार कार्की वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । अब माओबादी केन्द्र बाहिरिएसँगै नेपाली कांग्रेस सरकार सहभागी हुने जनाइएको छ ।
प्रतिक्रिया