इलाम पाथीभरामा एक वर्षमा डेढ करोड बढी भेटी सङ्कलन

आइतबार, २० साउन २०८१
इलाम / रोङ गाउँपालिकामा रहेको प्रसिद्ध धार्मिक क्षेत्र पाथीभरामा एक वर्षमा डेढ करोड माथि भेटी सङ्कलन भएको छ । गाउँपालिका ३ कुटी डाँडामा रहेको मन्दिरमा एक वर्षको अवधिमा एक करोड ६६ लाख ६१ हजार ९६ पैयाँ भेटी सङ्कलन भएको हो । आर्थिक वर्ष २०८०।०८१ को साउन १ गतेदेखि असार ३१ गतेसम्म सो परिमाणमा भेटी सङ्कलन भएको पाथीभरा संरक्षण तथा व्यवस्थापन समितिले जानकारी दिएको छ । स्वदेश तथा विदेशबाट मन्दिर दर्शनका लागि आउने भक्तजनले भेटीका रूपमा चढाएको रकम सङ्कलन गरिएको हो । सो अवधिमा एक करोड ५६ लाख ६१ हजार चार सय ८८ नगद र नौ लाख ९९ हजार छ सय आठ रुपैयाँ बराबरको जिन्सी सङ्कलन भएको संरक्षण समितिका अध्यक्ष दिलिप कुमार राईले जानकारी दिए । जिन्सी अन्तर्गत सुन, चाँदीलगायत विभिन्न धातु सङ्कलन भएको उनले बताए । समितिका अनुसार साउनमा चार लाख ४२ हजार पाँच सय नगद २१ हजार बराबरको जिन्सी, भदौमा सात लाख ५६ हजार एक सय ७४ नगद र ६९ हजार चार सय बराबरको जिन्सी, असोजमा पाँच लाख ७० हजार तीन सय ८७ नगद र ६७ हजार नौ सय बराबरको जिन्सी र कात्तिकमा २१ लाख १० हजार चार सय ७५ नगद र ७५ हजार चार सय बराबरको जिन्सी सङ्कलन भएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार