विराटनगर । हाँगा झार्ने क्रममा रुखबाट लडेर मोरङमा एक जनाको मृत्यु भएको छ । जहदा गाउँपालिका–१ बुधनगर टोलका ६० वर्षीय बुद्धिराम राजवंशीको बिहीबार साँझ मृत्यु भएको हो ।
हाँगा काट्न साँझ ६ बजेतिर आफ्नै खेतमा रहेको पिठारीको रुखमा चढेका उनी उक्त रुखबाट खसेर गम्भीर घाइते भएका थिए । प्रहरीका अनुसार रुखको हाँगा झार्ने क्रममा अचानक लडेर गम्भीर घाइते भएका राजवंशीलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पुर्याइएको थियो ।
अस्पताल पुर्याउनसाथ साँझ ७ः२० बजेतिर चिकित्सकले मृत घोषित गरिदिएका हुन् । घटनाको इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले अनुसन्धान अघि बढाएको छ ।
प्रतिक्रिया