सुनसरीको बर्जु गाउँपालिकामा फैलियो दादुरा प्रकोप, १० हजार बालबालिकालाई खोप लगाइने

आइतबार, १४ फागुन २०७९
इटहरी । सुनसरी जिल्ला स्थित बर्जु गाउँपालिकामा दादुरा प्रकोप फैलिएको छ । गत माघ २४ गते सात महिनाको बच्चालाई देखिएको थियो । करिब २० दिनको अबधिमा गाउँपालिका भित्रमा २९ जनालाई दादुरा प्रकोप देखा परेको हो । जिल्ला स्वास्थ्य कार्यालय सुनसरी प्रमुख सागर प्रसाईले एउटा पालिका भित्र पाँच जना भन्दा बढी संङ्यामा रोग देखा परे प्रकोप फैलिएको मानिने बताए । उनले संक्रमित फेला परेको बच्चाको घरमा परिक्षण गर्दा अन्य ब्यक्तिलाई पनि देखा परेको प्रमुख प्रसाईले बताए । उनले प्रदेश १ सरकार, स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन, युनिसेफ तथा बर्जु गाउापालिकाको समन्वयमा दादुरा प्रकोप फैलन नदिन स्वास्थ्य कार्यालय सुनसरीले गाउँपालिका भित्र ६ महिना देखि १५ वर्ष उमेर समुहका बालबालिकालाई खोप लगाउने तयारी भएको बताए । उनले आगामी १६ गतेबाट गाउँपालिका भित्रका १० हजार बालबालिकालाई खोप लगाउन सुरु गरिने पर्ने जानकारी दिए । के हो दादुरा प्रकोप ? दादुरा प्रकोप हावाबाट सर्ने प्रजातिको भाईरस हो । यो भाइरस मुख्य कारण बच्चाको शरिरमा विमिरा देखा पर्ने हुन्छ । यो भाइरस विशेष गरी १५ वर्ष उमेर समुह भन्दा कम उमेर समुहका बालबालिकामा बढी देखिने र अन्य सो उमेर भन्दा माथिका ब्यक्तिलाई पनि केही मात्रामा देखा पर्ने हुन्छ । ९ महिनामा दादुरा खोप लगाएको बच्चाको हकमा ८५ प्रतिशत र दोश्रो पटक १५ महिनामा लगाएको खोपले ९५ प्रतिशत रोकथाम हुने जिल्ला स्वास्थ्य कार्यालय सुनसरी प्रमुख सागर प्रसाई बताउँछन् । दोश्रो खोप लगाएपनि ५ प्रतिशत अझै पनि संभावना हुने उनको भनाई छ । तराईका जिल्लाहरुमा दादुराको बढी प्रकोप फैलिने संभावना हुने प्रसाईले बताए । दादुरा तिब्र संक्रमण फैलने र जटिल प्रकृतिको रोग भएकाले फैलन नदिन रोकथामका सबै उपाय अवलम्वन गर्न लागिएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार