नेप्सेमा रेकर्ड गिरावट, २३ अर्ब ३१ करोडको कारोबार

मंगलबार, २२ साउन २०८१
काठमाडौँ । नेप्से परिसूचकमा १४५ अङ्कको ठुलो गिरावट आएको छ । मङ्गलवार नेप्से १४५.०५ अङ्कले घटेर २६५१.३२ को बिन्दुमा कायम भएको हो ।
आज ३२२ कम्पनीको ५ करोड ३८ लाख ४४ हजार २३७  कित्ता शेयर २ लाख ७१ हजार ५८७ पटक खरिदबिक्री हुँदा २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८७४ बराबरको कारोबार भएको छ ।
आज थ्री स्टार हाइड्रोको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने नेपाल फाइनान्स लिमिटेडसहित सात कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको एक अर्ब ३९ करोड ७८ लाख ८० हजार ३८३ बराबरको १६ लाख १६ हजार ४३१ कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार