विराटनगर । विराटनगरको सिटी अस्पतालमा ३९ वर्षीया एक महिलाको शल्यक्रियाको क्रममा मृत्यु भएपछी चिकित्सकले लापरबाही गरेको आफन्तले आरोप लगाएका छन ।
मोरङको जहदा गाँउपालिका ४ की सन्जु मेहेताको आइतबार शल्याक्रियाको क्रममा मृत्यु भएको थियो । मृतकका आफ्न्तले शल्यक्रिया गर्दा लापरबाही गरेको र बिरामीको अवस्था गम्भिर हुँदा पनि अस्पतालले ढाकछोप गरेको आरोप लगाएका छन् । मृतक मेहेता बिहान १० बजे उक्त अस्पतालमा चेकजाँचका लागि आएकी थिइन् । उनको मृगौलामा पथरी रहेकाले त्यसैको उपचारका लागि सिटी अस्पताल पुगेकी मेहेतालाई चिकित्सकले शल्यक्रिया गर्नुपर्ने सल्लाह दिएको उनको नातेदार (देवर पर्ने) विभाष सिंहले बताए ।
‘फागुन १४ गतेको दिन बिहान १० बजे विराटनगर सिटी हस्पिटलमा मेरो भाउजू पर्नुहुन्छ उहाँ, उपचारका लािग आउनुभएको रहेछ,’ उनले आवर विराटनगरसँग भने,‘डाक्टरले अप्रेशन गर्नु भन्नुभएको रहेछ, बिरामीसँग पैसा थिएन, डाक्टरले केही दिन पछाडी पैसा दिँदा हुन्छ । भनेर अप्रेशन गर्न स्विकार गर्नुभएको रहेछ ।’ केही समयपछि शल्यक्रिया गरेको पैसा दिँदा हुने अस्पतालका डा। सुनिल यादवको भनाई अनुसार मृतक मेहेताले अप्रेशन गर्न स्विकार गरेको बताउदै उनलका आफ्न्तले राती ८ बजे शल्यक्रिय विभागमा लगिएको र दुई घण्टापछि मात्रै मृतक मेहेताको मुटुको धड्कन नभएको चिकित्सकले जानकारी दिएको बताए ।
‘बेहोस हुने सुई लगाउने बित्तिकै भाउजुको मृत्यु भइसकेको थियो होला मेरो अनुमान उहाँको दश मिनेटको अन्तरालमा मृत्यु भइसेको थियो होला तर, १२ बजे राती बिरामीको कुरुवालाई बचाउने कोशीस गर्दै छौँ भनेर डाक्टरले भन्यो । ’ उनले भने । तर, चिकित्सकले आश्वसन दिएको आधा घण्टापछि लासलाई बाहिर ल्याएर एम्बुलेन्समा राखिदिएको उनले बताए ।
बिरामीको आफन्त वश बुझ्न नमाने पछि डा सुनिल यादव भने घटनास्थलबाट बाहिरिएको उनीहरुको आरोप छ । लास रातैभर एम्बुलेन्समा राखेर अस्पतालको प्रवेशद्धार रात कटाएको बताउने उनीहरुको आफन्त अझैसम्म शल्यक्रियाको नेतृत्व गर्ने डा। यादव नआएको बिरामीको आफ्न्तले बताए । यता, अस्पताल प्रशासनलाई घटना बारे बुझ्न खोज्दा अस्पताल प्रशासन सम्पर्कमा आएनन् ।
प्रतिक्रिया