इटहरी / मोरङको नेमुवामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज (सोमबार) बिहान ९ बजे कोशी राजमार्ग अन्तर्गत मोरङको बुढिगँगा गाउँपालिका ४ मा विराटनगरबाट इटहरी आउँदै गरेको बा ६३ प ७२७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा तत्काल नाम खुल्न नसकेको चालकको उपचारका क्रममा मृत्यु भएको हो ।
प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार तिब्र गतिमा रहेको मोटरसाइकल बिजुलीको पोलमा ठक्कर खाएको थियो । दुर्घटनामा सक्त घाइते भएका मोटरसाइकलमा सवार दुई जनालाई उपचारका लागि विराट टिचिङ अस्पताल भर्ना गरिएको थियो । उनीहरु मध्ये नामथर बतन खुल्न नसकेको चालकको १०ः३० बजे मृत्यु भएको हो । अर्का घाइतेको अहिले उपचार भईरहेको छ । प्रहरीका अनुसार चालकको साथमा सवारी चालक अनुमति पत्र नभएको बताएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।-file pic
प्रतिक्रिया