सिटी अस्पतालमा मृत्यु भएकी मेहेताको शव आफन्तले बुझे

सोमबार, १५ फागुन २०७९
विराटनगर । शल्यक्रियाको क्रममा विराटनगरको सिटी अस्पतालमा मृत्यु भएकी जहदा गाउँपालिका–४ की ३९ वर्षीया सन्जु कुमारी मेहेताको शव परिवारले बुझेको छ । अस्पताल प्रशासन र मृतकको परिवारबीच सहमती भएपछि आफन्तले शव बुझेका हुन् । अस्पताल प्रशासनसँग सहमती भएपछि शव बुझेको मृतकका भाई दीलिप कुमार मेहेताले बताए । आइतबार किड्नीको पथरीको उपचारका लागि अस्पताल भर्ना भएकी मेहेताको डाक्टरको लापरबाहीका कारण मृत्यु भएको भन्दै आफन्त आक्रोशित भएका थिए । सिटी अस्पतालका डाक्टर सुनिल कुमार यादवले भने बिरामीको मुटु समस्याका कारणले मृत्यु भएको बताए । उनले यो घटनामा चिकित्सको कुनै दोष नरहको बताए । बिरामीको मृत्यु भएपछि अस्पताल प्रशासनले राति नै एम्बुलेन्समा शव राखेर डिस्चार्ज गर्न खोजेकाले घटना रहस्मय भएको भन्दै आफन्त आक्रोशित भएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार