उनले अगाडि भने, ‘मैले यसअघि पनि भन्ने गरेको छु कि हामीले व्यवसाय सुरु गर्ने मुख्य ३ वटा सूत्र छन् । पहिलो हो, राज्यको प्राथमिकतामा रहेको व्यवसाय । दोस्रो, आम जनतालाई सेवा दिन सकिने र बढीभन्दा बढी जनता लाभान्वित हुन सक्ने व्यवसाय तथा तेस्रो यस्तो व्यवसाय हो जुन आर्थिक रूपले पनि व्यवसाय बन्न सम्भव हुन्छ अर्थात् फिजिबल छ । त्यस्तो व्यवसाय सधैँ सफल हुन्छ भन्ने हाम्रो विश्वास हो जुन आजका दिनसम्म पनि कायम छ भन्ने मलाई लाग्दछ । यही विश्वास र यही सूत्रले आज हामीलाई अहिलेको अवस्थामा पुर्याएको छ भन्ने हामीलाई लाग्दछ । हाम्रो यो आत्मविश्वासमा हामीलाई माया र सद्भाव दर्शाउनुहुने सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूको विश्वासको निकै ठूलो महत्त्व छ ।’
एक करोड चुक्ता पुँजीको आईएमई अहिले एक अर्बभन्दा बढीको कम्पनी भएको छ । यस ग्रुपमार्फत सरकार र जनताको आवश्यकता र प्राथमिकतामा रहेका विभिन्न डेढ दर्जनबढी क्षेत्रमा लगानी विस्तार गरेको छ । रेमिट्यान्स सेवाबाट व्यवसायिक यात्रा सुरु गरेको आईएमईले अहिले आफ्नो लगानी सेवामूलक, उत्पादनमूलक र पूर्वाधार विकासका विभिन्न क्षेत्रमा विस्तार गरिरहेको छ । आइएमई ग्रुपअन्तर्गत रेमिट, बैंक तथा वित्तीय संस्थाहरू, केवलकार, होटल तथा रिसोर्ट, जलविद्युत्, अटोमोबाइल, बीमा, शिक्षा, स्वाथ्य, पर्यटन तथा सूचना प्रविधिका क्षेत्रमा विभिन्न कम्पनीहरू सक्रिय छन् ।
आईएमई सुरुवातको समयमा करिब २० प्रतिशत मात्र औपचारिक रहेको रेमिट्यान्स अहिले करिब ८० प्रतिशत औपचारिक माध्यमबाट आउन थालेको नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कले देखाएको छ । यसमा नेपालको पहिलो रेमिट्यान्स कम्पनीका रूपमा आईएमईको योगदान छ । नेपालमा आउने रेमिट्यान्सको करिब ५० प्रतिशत बजार हिस्सा पनि बैंक तथा वित्तीय संस्थाको रहेको छ ।
उनले भने, ‘हामीले आईएमई सुरु गर्दा मासिक २ मिलियन डलर भित्र्याउने लक्ष्य राखेका थियौँ । अहिले यो २०० मिलियन डलरभन्दा बढी पुगेको छ ।’ अहिले आईएमईसँग जोडिएका २० हजार बढी कर्मचारीहरू छन् । कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र,आईएमई लिमिटेडका प्रबन्ध निर्देशक, संयुक्त कारोबार पश्चात्का अध्यक्ष हेमराज ढकाल, जीएमई लिमिटेडका अध्यक्षलगायत उपस्थित छन् । आईएमई र जीएमई रेमिटको मर्जरपछि आजदेखि एकीकृत कारोबार शुभारम्भ हुन गइरहेको छ ।
प्रतिक्रिया