बिपन्न परिवारको निशुल्क स्वास्थ्य बीमा गर्दै इटहरी उपमहानगर

मंगलबार, १६ फागुन २०७९
इटहरी । इटहरी उपमहानगरपालिकाले दुई हजार विपन्न परिवारको निशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । उपमहानगर क्षेत्रका अति विपन्न दुई हजार परिवारको बीमा गरिदिने इटहरी उपमहानगर पालिकाका प्रमुख हेमकर्ण पौडेलले घोषणा गरेका हुन्  । अति बिपन्न देखि सम्पन्न परिवारको स्वास्थ्यमा समान पहुँच पुर्‍याउने उद्देश्यले अति बिपन्न परिवारका लागि निशुल्क बीमा कार्यक्रम सुरु गरिएको प्रमुख पौडेलले प्रदेश खवरलाई जानकारी दिए । पहिलो चरणमा प्रत्येक वडाबाट ९० जना अति विपन्न परिवारको तथ्याङ्क संकलन गरिने र निशुल्क बीमा गरिने पौडेलको भनाइ छ । आर्थिक रुपमा कमजोर भएका घरपरिवारलाई उपचारमा सहज पहुँच विस्तारका लागि स्वास्थ्य बीमा सञ्चालनमा ल्याएको प्रमुख पौडेलको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार