उदयपुर म्यूजिक अवार्डमा शिलाबहादुर र कुन्ति मोक्तानलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

मंगलबार, १६ फागुन २०७९
उदयपुर/ मोफसलमा विरलै मात्रामा हुने म्यूजिक अवार्ड उदयपुरको गाईघाटमा उपहार एफ.एम ९५.४ मेघाहर्जले आफ्नो पाँचौ बार्षिक उत्सवको अबसरमा गरेको छ । उदयपुरमा विगत ५ बर्ष देखि प्रशारणमा रहेको उपाहार एफ.एम ९५.४ मेघाहर्जको पाँचौ बार्षिक उत्सवको अबसरमा म्यूजिक अवार्ड कार्यक्रम शनिवार सम्पन्न भएको छ । सो अबसर पारेर नेपाली सांगीतिक क्षेत्रमा लामो समय देखि योगदान पुरयाएका बरिष्ठ संगीतकार शिलाबहादुर मोक्तान र गायीका कुन्ति मोक्तानलाई नगद ५० हजार सहित लाईफ टाइम अचिभमेण्ट अवार्ड प्रदान गरिएको छ ।उपहार एफ.एम संचालक समितिका अध्यक्ष विश्वराज तामाङ, त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश विश्वकर्मा, लिम्चुङबुङ गाउँपालिका उदयपुरका अध्यक्ष मेजरकुमार राई र वलान विहुल गाउँपालिका सप्तरीका अध्यक्ष खेमचन्द्र यादवले संयुक्त रुपमा दोसल्ला, सम्मानपत्र, चेक तथा अवार्ड सहित सम्मान गरिएको हो । कार्यक्रममा उपहार एफ.एम कला सम्मानबाट टेलिभिजनकर्मी तथा गायक मनोहरी थापा, शैलेन्द्र खतिवडा, चन्द्र तामाङ, दिनेश लामा र मिथुन ठाकुरलाई समेत सम्मान गरिएको थियो । आदिम स्मृति कला सम्मानबाट रंगकर्मी गोपाल कृतिलाई सम्मान गरिएको थियो । गाईघाट स्थित रत्ना रिसोर्टमा आयोजित कार्यक्रममा बेष्ट रकपप विधाबाट गायक अशोक सिवा, राईजिङ स्टारको उपाधि गोविन्द गुरागाई, बेष्ट मोडल मेल रियाज आचार्य, उत्कृष्ट भिडियो निर्देशनबाट कलाकार प्रदिप चौधरीले अवार्ड प्राप्त गरेका थिए। यसै गरी उत्कृष्ट रचनाकार तर्फ सइनध्वज दनुवार, उत्कृष्ट जुरी अवार्ड नारायण दनुवार, उत्कृष्ट कल्चर गायकको उपाधि गायक शिव थापामगर, उत्कृष्ट आधुनिक तर्फ शसिचन्द्र राई, उत्कृष्ट लोकप गायक तर्फ संदिप मोते, उत्कृष्ट मोर्डन पप गायीका तर्फ सुनिता कार्की, उत्कृष्ट मेलोडी पप गायीका तर्फ अप्सरा घिमिरे, उत्कृष्ट लोकगायक तर्फ विनोद दनुवार, उत्कृष्ट मेलोडी पप गायक तर्फ फिरोज बस्नेत, उत्कृष्ट प्लेब्याक गायकको उपाधि टम्पसेर राई, उत्कृष्ट मोडल तर्फ रेखा राई र बेष्ट प्लेब्याक गायीकाको उपाधि पुजा मगरले प्राप्त गरेको कार्यक्रम निर्देशक ताराबिर पाण्डेले जानकारी दिए । बरिष्ठ संगीतकार शिला बहादुर मोक्तान, गायीका कुन्ति मोक्तान, गायक नन्दु गुरुङ सहित अवार्ड प्राप्त कलाकारहरुले सांगीतिक प्रस्तुती राखेका थिए । कार्यक्रममा स्थानिय कलाकारहरुले नृत्य प्रस्तुती समेत गरेका थिए । स्थानिय कलाकर्मीहरुको सम्मानको लागि अग्रजलाई सम्मान नयाँलाई प्रोत्साहन गर्नका लागि कार्यक्रमको आयोजना गरेको उपहार एफ.एम ९५.४ मेघाहर्जका अध्यक्ष विश्वराज तामाङले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार