काठमाडौँ : नेपाल सरकारले शर्तसहित सामाजिक सञ्जाल ‘टिकटक’ खोल्न दिने निर्णय गरेको छ
नेपाल सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
सबै सामाजिक सञ्जाललाई समान व्यवहार गर्न र आवश्यक नियम, कानुन बनाउन गत साउन २४ गते सञ्चारमन्त्री, सचिव र नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनका आधारमा सञ्चार मन्त्रालयले उक्त प्रस्ताव तयार गरेको थियो ।
टिकटकको प्रयोग गरेर बिकृति बढाएको भनी टिप्पणी भएपछि तत्कालीन सरकारले गत कत्तिक २७ गते टिकटिकमाथि प्रतिबन्ध लगाएको थियो । नेपालको मौजुदा कानुन सञ्चार, सामाजिक सञ्जाल, करलगायत अन्तर्गत रही सञ्चालन गर्न प्रतिवद्ध रहेको उनले जनाए ।
सरकारको सम्बन्धित कानुनअनुसार सम्बन्धित निकायहरूमा सूचिकरण भई उत्तरदायित्व निर्वाह गर्ने, सामाजिक सञ्जाल तथा कम्पनीसँग सम्बन्धित गुनासो सम्बोधन गर्न नेपालको प्रचलित कानुनले तोकेको निकायसँग आवश्यक समन्वय गर्न नेपालका लागि डेडिकेटेट सम्पर्क संयन्त्र (व्यक्ति तथा प्रणाली) सुनिश्चितसमेत गर्ने मन्त्री गुरुङले जानकारी दिए ।
प्रतिक्रिया