इलाम / रोङमा व्यावसायिक बेसार उत्पादन सुरु भएको छ । गाउँपालिकाको सहयोगमा इको चिया सहकारी संस्थाले बेसारको उत्पादन सुरु गरेको हो । स्थानीय उत्पादन वृद्धि गरेर किसानलाई आत्मनिर्भर गराउन बेसारको उत्पादनलाई जोड दिइएको बताइएको छ ।
गाउँपालिकामा रहेका तीन वटा सहकारीलाई एउटै सहकारी बनाइएको थियो । गाभिएका इको चिया उत्पादक सहकारी संस्था, महिला लालीगुराँस सहकारी संस्था र हाँस पोखरी अलैँची उत्पादक सहकारी संस्था एक भएपछि बेसारको उत्पादन सुरु गरिएको व्यवस्थापक गणेश अर्यालले जानकारी दिए ।
‘चिया र अलैँची किसान सँगै बेसार उत्पादन गर्ने किसान समेत सहकारीमा भएकाले बेसारको उत्पादन सुरु गरिएको बताइएको छ । उत्पादित बेसारलाई ‘रोङ बेसार’ नाम दिइएको छ । बेसार बजारमा ल्याइएको छ । निर्माण भएको बेसार गाउँपालिकालाई समेत हस्तान्तरण गरिएको छ ।
बेसारको उत्पादनसँगै बजारीकरणमा जुटेको गाउँपालिकाका अध्यक्ष मनीकुमार स्याङ्बोले बताए । बेसार एक किलो ग्रामबाट २० किलो ग्रामसम्म उत्पादन भएको छ । बँदेल, बाँदर लगायतका जङ्गली जनावर बारीमा लगाइएको अन्न तथा नगदेवालीमा असर पुर्याउन थालिएपछि किसानले बेसार लगाउन थालेका हुन् । हाल दुई सय ९५ किलो धुलो बेसार तयार भएको बताइएको छ ।
‘सहकारीमा चार सय ५५ सदस्य रहेका छन् । यस वर्ष एक हजार नौ सय ९५ किलो बेसार गाउँपालिकाका ३, ४ र ५ नम्बर वडामा वितरण गरेर खेती गरिएको छ ।
यसको बजार खोज्न समस्या नभएको बताइएको छ । झापाको बिर्तामोड नजिकै भएकाले पनि यहाँ उत्पादित बेसारलाई बजारीकरणमा खास समस्या नरहेको बताइएको छ ।
बेसार दैनिक उपभोग्य वस्तु भएकाले रोङमा आएर पनि उपभोक्ताले बेसार लैजाने गरेका छन् ।
प्रतिक्रिया