हिन्दू राष्ट्रको मागसहित कांग्रेस सांसद पराजुलीको २८औँ दण्ड प्रणाम यात्रा

सोमबार, १० कार्तिक २०८२

विराटनगर। हिन्दू राष्ट्र पुनःस्थापनाको मागसहित नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सांसद भीम पराजुलीले सोमबार बिहान विराटनगरमा आफ्नो २८औँ दण्ड प्रणाम यात्रा सुरु गरेका छन्।

छठ पर्वको अवसरमा पराजुलीले वैदिक सनातन हिन्दू राष्ट्र घोषणा, लोककल्याण, विश्वशान्ति र धर्मरक्षाको कामना गर्दै दण्ड प्रणाम यात्रा सुरु गरेको बताए।

३२ वर्षयता छठको व्रत बस्दै आएका छन् । उनले २८ औं पटक दण्ड प्रणाम यात्रा गरेको बताए ।

विराटनगर महानगरपालिका–३ स्थित ठूलो मिल चोकमा रहेको शिव पाञ्चायन मन्दिरमा पूजा गरेर उनले यात्रा सुरु गरेका हुन्। करिब तीन किलोमिटर टाढा रहेको सिंघिया खोलासम्मको यात्रामा उनी दण्ड प्रणाम गर्दै अघि बढेका छन्।

सिंघिया खोलामा निर्माण गरिएको छठ घाटमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पराजुलीले यात्रा समापन गर्ने छन्। निरन्तर छठ व्रत बस्दै आएका पराजुली विराटनगर महानगरपालिकाका पूर्व मेयर समेत हुन्।

उनका अनुसार दण्ड प्रणाम यात्राको उद्देश्य केवल धार्मिक आस्था प्रदर्शन होइन, राष्ट्र, धर्म र संस्कृतिको संरक्षणका लागि सामूहिक चेतना जगाउने अभियान पनि हो।

WhatsApp Image 2025-10-27 at 1.22.29 PMWhatsApp Image 2025-10-27 at 1.22.27 PM (1)WhatsApp Image 2025-10-27 at 1.22.27 PMWhatsApp Image 2025-10-27 at 1.22.26 PMWhatsApp Image 2025-10-27 at 1.22.25 PMa121ba0e-f5c0-4da6-926a-7907e9f6fa24

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार