मकवानपुर । मकवानपुरमा ग्यास बुलेटको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
चितवनबाट मनहरीतर्फ आउँदै गरेको बा.प्र.२-०५७ प ३२३० नम्बरको स्कुटरलाई सोही दिशा तर्फ आउँदै गरेको एनएल ०१ एन ०२८० नम्बरको ग्यास बुलेटले ठक्कर दिँदा स्कुटर चालक सिन्धुपालचोकको चौतारा नगरपालिका-५ का ३० वर्षीय केदार श्रेष्ठको मृत्यु भएको हो ।
स्कुटरमा सवार उनका २८ वर्षीया श्रीमती सरस्वती श्रेष्ठ र २ वर्षीय छोरा प्रवीन श्रेष्ठ घाइते भएका छन् । प्रहरीले ग्यास बुलेट र भारतीय चालक ५५ वर्षीय मोहमद मतिनलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।
प्रतिक्रिया