तनहुँ बस दुर्घटना अपडेट : ११ जना बेपत्ता

शुक्रबार, ०७ भदौ २०८१
काठमाडौँ । तनहुँमा शुक्रबार आज बिहान भएको बस दुर्घटना हुँदा ११ जना बेपत्ता भएका छन् । भारतीय नम्बर प्लेटको बस सडकमा मर्स्याङ्दी नदीमा खसेको प्रहरीले जनाएको छ । घटनामा १४ जना जना अचेत हुनुका साथै १५ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी दीपक कुमार रायले जानकारी दिए। तनहुँको तनहुँको आँबुखैरेनी गाउँपालिका-२ स्थित ऐना पहराबाट यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खसेको हो । शुक्रबार (आज) बिहान ११:३० बजे बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। यो पृथ्वी राजमार्गको मुग्लिन-आँबुखैरेनी सडकखण्डमा पर्छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार