तनहुँ बस दुर्घटना अपडेट : १४ जनाको शव फेला

शुक्रबार, ०७ भदौ २०८१
काठमाडौं : तनहुँको मर्स्याङ्दी नदीमा खसेर भएको बस दुर्घटनामा अहिलेसम्म १४ जनाको शव निकालिएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका डिएसपी शैलेन्द्र थापाका अनुसार १ बजेसम्ममा १४ जनाको शव घटनास्थलबाट निकालिएको हो । १६ जना घाइतेलाई उद्धार गरी उपचारको लागि स्थानीय अस्पतालमा पठाएको छ। उनले थप उद्धार कार्य जारी  रहेको जानकारी दिए।  दुर्घटनास्थल अप्ठ्यारो भीर र तल नदी बगिरहेको कारण उद्दारका लागि डोरीको सहायताले जानुपर्ने अवस्था रहेको प्रहरीको भनाइ छ।  पोखराबाट काठमाडौंका लागि छुटेको युपी ५३ एफटी ७६२३ नम्बरको  भारतीय बस आँबुखैरेनी गाउँपालिका २ ऐनापहरा नजिक सडकबाट मर्स्याङ्दी नदीमा खसेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार