आँबुखैरेनी बस दुर्घटना : मृतकको सङ्ख्या २७ पुग्यो

शुक्रबार, ०७ भदौ २०८१
काठमाडौँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै भारतीय नम्बर प्लेटको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ । शुक्रबार आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐन पहराबाट यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खसेको थियो । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको हो । बसमा भारतीय पर्यटकहरू सवार थिए । कूल ४३ जना सवार रहेको उक्त बस दुर्घटनामा घाइते भएका १६ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ । उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका १६० भन्दा बढी खटिएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार